नेभिगेशन
फोटो ग्यालरी

करका दर हेरफेर विवाद अर्थमन्त्री वाग्ले भन्छन् : ‘प्रधानमन्त्री र अर्थमन्त्रीको पछाडि संगठित ग्रुप लागेको छ’

निक्षेपको साँवा-ब्याज फिर्ता माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारीपीडित बचतकर्ताहरूले बिहीबार दिउँसो भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन्। आ-आफ्नो फसेको बचत रकम फिर्ता गराउन दबाब दिन उनीहरूले पैदल यात्रा र प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण तथा राष्ट्रिय अभियान महासंघले प्रदर्शन गरेको हो। आफूले निक्षेप जम्मा गरेको सहकारीको नामसहित उल्लेख रहेको प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन्।

सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि पीडितहरू खुलामञ्चमा प्रदर्शन गर्न खोजेका थिए। महानगरले रोक लगाएपछि पछिल्लो समय रत्नपार्कस्थित शान्ति वाटिकामा प्रदर्शन गर्दै आएका थिए।

पीडितहरूले त्यसको विरोध गरेका हुन्। उनीहरूले महानगरका मेयर साहको विरोध गर्दै शान्ति वाटिका बाहिर प्रदर्शन गरेका छन्। देशका विभिन्न भागबाट हिंसापीडित, मिटरब्याजपीडित, सुकुम्बासी न्यायका लागि काठमाडौं आएका छन्। उनीहरूले देशको राजधानीमा न्यायको माग गर्दै बस्ने ठाउँ पाएका छैनन्।

तस्वीरहरु
थप फोटो ग्यालरी
Weather Update